arrow

पुल्चोकमा केएमसीको स्वास्थ्य परीक्षण, ५२३ ले लिए निःशुल्क सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
kmc-82-10-9.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसीको प्राविधिक सहयोगमा ललितपुरको पुल्चोकस्थित सगरमाथा माध्यमिक विद्यालयको प्रांगणमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो । 

लाइफ लाइन होमकेयरको आयोजनामा भएको शिविरमा ५ सय २३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७१ जनाको ल्याब परीक्षण, ६२ जनाको भिडियो एक्सरे, ५३ जनाको ईसीजी गरिएको थियो । 

३ जनाको दाँत झिकिएको थियो भने ९ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ