arrow

सानेपामा गगन युगको शुरुआत: नयाँ नेतृत्वको पहिलो केन्द्रीय समिति बैठक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
gagan-sabapati.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ। यो बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछि नयाँ नेतृत्वको उपस्थितिमा बसेको ऐतिहासिक पहिलो औपचारिक बैठक हो। 

विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेपछि निर्वाचन आयोगले समेत उनी नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरिसकेकाले अब पार्टीको सम्पूर्ण कमाण्ड थापाको हातमा पुगेको छ।

आजको बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सभापति थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गर्ने लगायतका महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। 

यसअघि संस्थापन पक्षका युवा नेताहरूले पार्टी कार्यालय छोडेपछि नयाँ नेतृत्वको टोलीले उत्साहका साथ सानेपा प्रवेश गरी कार्यभार सम्हालेको हो। नयाँ नेतृत्वको आगमनसँगै पार्टीभित्रको आन्तरिक विवाद समाधान हुने र सुधारका एजेन्डाहरूले प्राथमिकता पाउने विश्वास कांग्रेस कार्यकर्ताहरूमा देखिएको छ। थापा नेतृत्वको यो कार्यसमितिले पार्टीलाई नयाँ उर्जा र गति प्रदान गर्दै निर्वाचनमा बलियो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ