केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
734
Shares
काठमाडौँ। सीजी इलेकट्रोनिक्स अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरी फायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजना अन्तर्गत अत्तरिया निवासी लक्ष्मी भट्टराई ज्यू सौभाग्यशाली विजेता घोषित भाकिछिन्।
उक्त योजनाअनुसार केन्ट आरओ प्युरी फायर खरिद गर्ने उपभोक्तामध्येबाट लक्की ड्र मार्फत छनोट हुनुभएकी लक्ष्मी भट्टराई ज्यूले ४ रात ५ दिनको मुम्बई यात्रा सहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्राप्त गरेकी हुन्।
केन्ट ब्रान्डले आफ्ना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्दै समय–समयमा यस्ता आकर्षक योजना ल्याउँदै आएको र यस योजनाले उपभोक्ताहरूलाई शुद्ध पानीसँगै अविस्मरणीय अनुभव प्रदान गरेको बताएको छ।
केन्ट आरओ प्युरी फायर आफ्नो अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र शुद्धताको लागि विश्वभर परिचित ब्रान्ड हो। नेपालमा सीजी इलेकट्रोनिक्स मार्फत उपलब्ध केन्ट आरओ प्युरी फायरले उपभोक्ताहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
केन्टले आगामी दिनहरूमा पनि उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने यस्ता नवीन योजना र अभियानहरू निरन्तर रूपमा ल्याउने प्रतिबद्धता जनाएको छ।