मोरङ ३ का मतदाता भन्छन् - सुनील शर्मा बाहेक यताउति भोट जाँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
1k
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनीलकुमार शर्माले घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।
डा. शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यसपटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउँछन् ।
निर्वाचन क्षेत्रका मतदाताहरूले डा. शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएका छन् । स्थानीयहरूका अनुसार उनले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलका छन् ।
गरिब तथा दुःखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितेका छन् । एक स्थानीय मतदाताले भने, “उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नुभएको छ। गरिब दुःखीलाई सहयोग गर्ने उहाँजस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनील शर्मा बाहेक अरूतिर जाँदैन।”
डा. शर्माले पनि मोरङ क्षेत्र नं. ३ लाई आफ्नो राजनीतिक क्षेत्रमात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा उनको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।
डा. शर्माले मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै विकास र समृद्धिको एजेण्डा अघि सारेका छन् ।