arrow

सर्लाहीमा मोटरसाइकलको सिट मुनि लुकाएको गाँजा बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
nepal-police12.jpg

काठमाडौँ । अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार भारतीय नम्बर प्लेटको बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले गाँजा लुकाउन विशेष तरिका अपनाएका थिए। प्रहरीलाई छल्न उनीहरूले मोटरसाइकलको सिट मुनि सिटको आकारकै रातो प्लास्टिकको पोको बनाएर गाँजा लुकाएका थिए। शङ्का लागेर चेकजाँच गर्दा उक्त परिमाणको अवैध लागुऔषध बरामद भएको हो।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलसहित चालक मण्डल र पछाडि सवार मोफिजलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता राईले जानकारी दिए। सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ