arrow

मुलुक निर्वाचनको नजिक : काँग्रेस नेता श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
shrestha-gopalman.jpeg
स्याङ्जा ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले अव मुलुकमा छिट्टै निर्वाचन तालिक घोषणा हुने बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय वालिङको ६१ औं बार्षिकोत्सव तथा नव निर्मित भवनको उदघाटन गर्दै केन्द्रिय सदस्य श्रेष्ठले निर्वाचन आयोगमा आयुक्त नियुक्तिले अव छिट्टै निर्वाचन तालिका घोषणा हुने बताएका हुन् । 
 
तीन तहको निर्वाचन गरेर मुलुकमा देखिएको संक्रमणलाई छिट्टै अन्त्य गर्न नेपाली काँग्रेसले चाहेको नेता श्रेष्ठको भनाई थियो । संविधान बनेर पनि तिन तहको निर्वाचन प्रक्रियामा मुलुकलाई लान सकिएन नेता श्रेष्ठले भने,“दलिय सहमति नभएकाले यस्तो समस्या आएको हो ।” अव छिट्टै सरकारले निर्वाचनको मिति तोक्ने छ नेता श्रेष्ठले थपे । 
 
स्थानीय तहको निर्वाचन नहुदा विकास निमार्णमा अनियमितता भएको बताउदै श्रेष्ठले सबैदलहरु निर्वाचन गराउन एक ठाँउमा आउने पर्ने धारणा समेत व्यक्त गरे । मुलुकमा देखिएको अस्थिर राजनीतिलाई हटाउन पनि निर्वाचन आवश्कता रहेको श्रेष्ठको भनाई छ । संविधान संशोधन पछि मात्रै निर्वाचन गर्नुपर्ने धारणा मधेशवादी मोर्चाको छ नेता श्रेष्ठले भने,“यता एमालेले संशोधान संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने भनाई छ ।” दुवै दल र मोर्चाको हठका कारण समयमै गर्नुपर्ने तिन तहका निर्वाचन लम्विन गएको नेता श्रेष्ठले बताए । 
 
मुलुकलाई विकास र आर्थिक समृद्धिको बाटोमा लैजान एमाले र मधेशवादी मोर्चाले आफ्नो हठ छाड्न पनि आग्रह गरे । सबै मिलेर अव निर्वाचनमा जानुपर्ने विकल्प पनि नरहेको बताए । कार्यक्रममा वालिङ नगरपालिकाका पुर्व मेयर तथा नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्याल, जिल्ला शिक्षा कार्यालय स्याङ्जाका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटा, एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ लगायतका बक्ताहरुले शैक्षिक संस्थाहरुको विकास हुन नसक्दा मुलुकमा अस्थिर राजनीति मौलाउदै जान लागेको बताए ।
 
 संविधान कार्यन्वयन गरेर गुणस्तरीय र व्यवसायीक शिक्षाका लागि अगाडी बढ्ने बेला आएको बक्ताहरुको भनाई थियो । करिव ७५ लाखको लागतमा निर्माण गरिएको भवनका लागि जिल्ला शिक्षा कार्यालय र नगरविकास कोषबाट सहयोग प्राप्त भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ