arrow

शतप्रतिशत जितसहित अभिक हिमालयन च्यालेन्जर्स चेस च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
avik-himalyan-chess-champion.jpg

काठमाडौँ । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन् ।

कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने १९ अंकसहित उपविजेता भए भने संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा १८ अंकसहित तेस्रो स्थानमा रहे ।

हिमालयन च्यालेन्जर्समा शीर्ष वरीयताका अभिकले भने, ‘ब्लिज र र्यापिड चेस चलेको यो बेला क्लासिकल चेसको प्रतियोगिता खेल्न पाउनु नै ठूलो कुरा हो । मैले पहिलोपल्ट लगातार नौ दिन खेल्न पाएँ । सबै खेल जितेपनि प्रतिस्पर्धा रोचक रह्यो । म र अरु युवा खेलाडीको स्तरबृद्धिको लागि क्लासिकल चेस महत्वपूर्ण छ र हिमालयन च्यालेन्जर्सबाट हामीलाई धेरै नयाँ र आवश्यक कुरा सिक्ने अवसर मिलेको छ ।’ १७ वर्षीय उनी हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसईई कपको विजेता पनि हुन् ।

समापन समारोहमा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, प्रमुख अथिति नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य कुमार लामा घिसिङ, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, काठमाडौं चजिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठ, साहसिक खेल विज्ञ राजीव चन्द, नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का निर्देशक टिका निधि लोहनी, ललिता राई लामालगायत पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

स्वीस लिग प्रणाली अनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिकको चुनोती पन्छाउँदै शतप्रतिशत जितसहित अधिकतम २७ अंक जोडेर उपाधि कब्जा गरेका हुन् । उनले लगातार जितसहित अन्तिम खेल बाँकी छँदै उपाधि पक्का गरिसकेका थिए ।

सजल र सात्विकको प्रतिस्पर्धा
प्रत्येक जितमा तीन र बराबरीमा एक अंक दिने नियमानुसार सजलले ६ जित, १ बराबरी र २ हारको नतिजासँगै १९ अंक जोडे । उनले अन्तिम खेलमा सात्विकमानलाई पराजित गर्दै दोस्रो स्थान सुरक्षित गरेका थिए । उक्त खेलमा जित हात पार्नसकेको भए सात्विक दोस्रो स्थानमा उक्लिने थियो ।

आशिर्वादले अन्तिम खेलमा लियोन महर्जनलाई हराउँदै तेस्रो स्थान हात पारेका हुन् । उनले ५ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै १८ अंक जोडेका हुन् । मातृभूमि स्कुलका प्रवीर केसीले पनि १८ अंक बटुले । तर, उनलाई टाइब्रेकर ९बुगोल्स० मा उछिन्दै आशिर्वाद शीर्ष तीनमा रहेका हुन् । उनले अन्तिम खेलमा निहानालाई पराजित गरे ।

निहाना महिलामा प्रथम
महिलातर्फ निहाना श्रेष्ठ ९१५ अंक० पहिलो भइन् । समान १५ अंक जोडेपनि टाइब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहे । यू ८ तर्फ विराज सरिया ९३ अंक०, यू १० मा शुभांग प्रधान ९१५ अंक०, यू १२ मा हार्दिक पन्त ९१७ अंक०, यू १४ मा प्रवीर केसी ९१८ अंक० र यू १६ मा विमश लोहनी ९१७ अंक० प्रथम भए । अरिज राई ९५ जित र ४ हारसहित १५ अंक० ले इमर्जिङ प्लेवरको अवार्ड प्राप्त गरे ।

कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागि थिए । दुर्लभ हुँदै गएको क्लासिकल चेस प्रतियोगिता युवा खेलाडीको स्तरबृद्धिको लागि आयोजना गरिएको र यो भव्यरुपमा सम्पन्न भएको हिमालयन चेस एकेडेमी संस्थापक मोनालिशा खम्बूले बताइन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरेका थिए ।

एकेडेमीले आयोजना गरेको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस । उसले यसअघि हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप सफलतापूर्वक आयोजना गरेको थियो ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ ।

स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर ९आईएम० अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ