दुई दिन भित्रैमा उम्मेद्वार टुङ्याउँछौँः विश्वप्रकाश शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
1.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन्।
आधिकारिकता सम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका र्माले नेपाली कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए ।
उनले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेद्वारी टुग्याउने जानकारी पनि दिए। संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले एक सय ६५ ओटै क्षेत्रमा उम्मेद्वारी टुंग्याउने गरी आफूहरूले काम गरिरहेको बताए।
उनले आयोगले दिने निर्णयलाई ढिलाई नगर्न पनि आग्रह गरे ।
उनले भने, ‘माघ ६ आउनलाई ४ दिन बाँकी छ । हामीले यो जानकारी गराउन चाहन्छौँ । पार्टीको सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी एक सय ६५ क्षेत्रकै लागि उम्मेद्वारी अवको दुई दिनभित्र टुङ्याउने गरी तम्तयार अवस्थामा हाम्रो टिमले काम गरिरहेको छ । घोषणा पत्रको टिमले काम गरिहेको छ । निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ । यसमा हाम्रो सम्पुर्ण रुपले साथ रहन्छ । यसको कारणले कुनै असर पर्नु हुँदैन । निर्वाचन आयोगले यसमा निर्णय गर्ने कुरालाई ढिलो नगरिदिनुस् ।’
उनले आयोगले निर्णय दिएपछि देशभर निर्वाचनको माहोल बनाउन आफूहरूले सहयोग गर्ने बताए ।