arrow

चिलाउनेमा केएमसीको स्वास्थ्य परीक्षण, ५२४ ले लिए निःशुल्क सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
kmc-82-10-2-check-up.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको गोकणेश्वरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसीको प्राविधिक सहयोगमा काठमाडौँको गोकणेश्वर १ चिलाउनेमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो । 

पूर्व सांसद सन्तोष चालिसेको समन्वय र श्याम अधिकारीको सहकार्यमा भएको शिविरमा ५ सय २४ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७८ जनाको ल्याब परीक्षण, ६६ जनाको भिडियो एक्सरे, ५९ जनाको ईसीजी गरिएको थियो । 

३ जनाको दाँत झिकिएको थियो भने १४ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ