अद्यावधिक गर्न नवनिर्वाचित कांग्रेस टोली निर्वाचन आयोगमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
778
Shares
काठमाडौँ । नवनिर्वाचित नेपाली कांग्रेसको टोली निर्वाचन आयोगमा गएको छ । सभापति गगनकुमार थापा नेतृत्वको टोली निर्वाचन आयोगमा गएको हो । बिहीबार केन्द्रीय कार्यसमिति बैठक बसेपछि सोही बैठकको निर्णयअनुसार टोली निर्वाचन आयोगमा गएको हो ।
ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकपछि निर्वाचन आयोगमा अद्यावधिक गर्न टोली आयोग गएको हो । आयोग जाने टोलीमा पदाधिकारीसँगै केही केन्द्रीय सदस्यहरू रहेका छन् ।
विशेष महाधिवेशनबाट नवनिर्वाचित टोली आयोगमा पुगेको हो । प्रतिनिधि सभाको निर्वाचन हुन अब ५० दिनमात्र बाँकी रहँदा आयोग बिदामा दिनमा पनि खुला भएको हो ।
बुधबार मध्यरातमा चार दिनसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले निवर्तमान महामन्त्री गगनकुमार थापालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।