arrow

तीन जनाको हत्या प्रकरणमा एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
pakrau9.jpg

तनहुँ । तनहुँंको शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् ।

शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।

उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ ।

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका-११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका-८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ