arrow

दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमै गरौँ : विश्वप्रकाश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
bishwaprakash-pratibedan-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा राजनीतिक स्थिरता र नेतृत्वमा नयाँपनका लागि एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने ऐतिहासिक प्रस्ताव अघि सारेका छन्। सोमबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन पेस गर्दै उनले यस विषयलाई संविधानमै लिपिबद्ध गर्न कांग्रेसले नेतृत्व लिने दाबी गरे।

महामन्त्री शर्माले पछिल्लो डेढ दशकदेखि चुनाव हुने र नयाँ सरकार बने पनि प्रधानमन्त्री भने पुरानै अनुहार दोहोरिने अभ्यासले देश र पार्टी दुवैलाई असफल बनाउँदै लगेको टिप्पणी गरे। उनले अबका दिनमा नेपाली कांग्रेसको तर्फबाट कोही पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने उद्घोष गर्दै यस नीतिले मुलुकलाई अस्थिरताबाट स्थिरताको मार्गमा लैजाने विश्वास व्यक्त गरे।

विकास निर्माणको सन्दर्भमा पनि शर्माले नयाँ अवधारणा प्रस्तुत गर्दै प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा मात्र बजेट थुप्रिने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले 'समन्यायिक विकास' को अवधारणाअनुसार सबै निर्वाचन क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित बजेट विनियोजन गर्नुपर्ने माग गरे। महामन्त्री शर्माको यो प्रस्तावले कांग्रेसभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा पनि नेतृत्वको 'एक्जिट पोलिसी' र समावेशी विकासका बारेमा नयाँ बहस सिर्जना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ