arrow

महामन्त्री विश्वप्रकाश शर्माको उद्घोष: "हामी कांग्रेस मात्र होइन, अब देशै बदल्छौँ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
bishwapraskashes.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशन कांग्रेस सुधारका लागि मात्र नभई समग्र देश बदल्ने संकल्पका साथ आयोजना गरिएको बताएका छन्। आइतबार काठमाडौँमा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सहभागी प्रतिनिधिहरू कांग्रेस परिवर्तन र देशलाई समुन्नतिको दिशामा लैजान दृढ अठोटका साथ उपस्थित भएको उल्लेख गरे।

वर्तमान राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक अवस्था विशिष्ट र विषम रहेको चर्चा गर्दै महामन्त्री शर्माले यस्तो बेलामा महाधिवेशनले पार्टीभित्र नवीन आत्मविश्वास र समाजमा नयाँ विश्वास भर्नुपर्नेमा जोड दिए। "हामी कांग्रेस पनि बदल्छौँ र देश पनि बदल्छौँ। पुरानै सोच र कार्यशैलीले अबको नयाँ यात्रा सम्भव छैन," उनले भने, "राजनीतिक मौसम परिवर्तन भइरहन्छ, त्यो अनुकूलता र प्रतिकूलता चिन्न सक्ने क्षमता नेतृत्वमा हुनुपर्छ, जसमा हामीले कतै न कतै कमजोरी गर्‍यौँ।"

पार्टीको नेतृत्व तहमा रहेका कारण पछिल्ला कमीकमजोरीको जिम्मेवारी आफूहरूले पनि लिनुपर्ने उनले स्पष्ट पारे। "पार्टीको 'ड्राइभिङ सिट' नजिकै बसेको नाताले म र गगनजी दुवैलाई थाहा छ– जहाँ कमजोरी भएको छ, त्यसको हिस्सा हामीले पनि स्विकार्नुपर्छ," शर्माले भने। उनले नेपालमा विकसित नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पुरानो मनस्थिति त्याग्नुपर्ने र नयाँ आनिबानीका साथ अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ