arrow

मन्त्री पद छाडेर रास्वपाको दोस्रो वरीयतामा कुलमान

रवि लामिछानेले भने- "सहमतिलाई औपचारिकता दिँदैछौँ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
ravi-balen-kulman-agreement.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग भएको राजनीतिक सहमतिलाई अब पार्टीगत रूपमा औपचारिकता दिने बताएका छन्। हिजो मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पदबाट राजीनामा दिएका घिसिङलाई रास्वपाले उच्च राजनीतिक जिम्मेवारी दिने तयारी गरेको हो।

अदालत परिसरबाट लामिछानेको खुलासा आज चितवन जिल्ला अदालतमा एक मुद्दाको सिलसिलामा उपस्थित भएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले घिसिङ र रास्वपाबीच सरकारमै छँदा नीतिगत सहमति भइसकेको जानकारी दिए। उनले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहकार्यको खाका तयार पारेका थियौँ। अब उहाँले मन्त्री पदबाट राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टी प्रक्रियामार्फत औपचारिकता दिने काम तत्कालै सुरु हुन्छ।”

दोस्रो वरीयता र उपसभापतिको प्रस्ताव केही साताअघि रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको 'उज्यालो नेपाल' अभियानबीच कार्यगत एकताको सहमति भएको थियो। उक्त सहमतिअनुसार घिसिङलाई रास्वपाको उपसभापति पदसहित पार्टीभित्र दोस्रो वरीयतामा राख्ने तयारी छ। घिसिङको आगमनले रास्वपाको संगठन निर्माण र आगामी निर्वाचनको रणनीतिमा ठुलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।

घिसिङले मन्त्री पदबाट राजीनामा दिएसँगै रास्वपाभित्र उनको भूमिका र जिम्मेवारीबारे अब बस्ने केन्द्रीय समिति बैठकले अन्तिम निर्णय गर्ने बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ