arrow

विप्लवको नाम रोल्पाबाट सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
biplav-82-7-2r (5).jpeg

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादीले आफ्ना महासचिव नेत्रविक्रम चन्द 'विप्लव'लाई रोल्पा जिल्लाबाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ। माओवादी आन्दोलनको ऐतिहासिक आधार क्षेत्र मानिने रोल्पाबाट पार्टीको जिल्ला समितिले उनलाई सर्वसम्मत रूपमा उम्मेदवारका लागि प्रस्तावित गरेको हो।

यस सिफारिसप्रति प्रतिक्रिया दिँदै महासचिव विप्लवले सामाजिक सञ्जालमार्फत पार्टी, आफ्ना सहयोद्धाहरू र समर्थकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले आफूप्रति देखाइएको विश्वास र जिम्मेवारीलाई वर्तमानको चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा एउटा गम्भीर कार्यभारका रूपमा लिएको उल्लेख गरेका छन्।

विप्लवले आगामी दिनमा आफ्ना अभिभावक, शुभचिन्तक र अन्य राजनीतिक दलहरूसँग आवश्यक परामर्श गरेर मात्र निर्णय कार्यान्वयनको दिशामा अघि बढ्ने बताएका छन्। उनले यो जिम्मेवारीलाई साझा छलफल र बृहत्तर सहमतिका आधारमा अगाडि बढाउने सङ्केत गर्दै रोल्पाली जनताको अपेक्षालाई सम्मान गर्ने प्रतिबद्धता समेत जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ