arrow

नजिकिँदै माघे सङ्क्रान्ति, परम्परागत चाकु बनाउन ब्यस्त व्यवसायी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
ghee-chaku-82-9-24yyy (5).jpg

काठमाडौँ । माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा चाकुको माग यस वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन्। ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ।

उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिमा विशेष रूपमा सेवन गरिने परम्परागत परिकार हो। चन्द्र पात्रोअनुसार दशौँ महिनाको पहिलो दिन पर्ने यस पर्वमा चाकु खाने परम्परा छ।

सुरेन्द्रले भने 'चाकु खायो भने चिसो भाग्छ भन्ने विश्वासका कारण यतिबेला चाकुको माग सधै बढी हुन्छ'। अन्य समयमा त यतिबेला बनाउने चाकुको पाँच प्रतिशत चाकु पनि बन्दैन। चाकु उत्पादन प्रक्रियामा खाँड पगाल्ने, निरन्तर चलाउने, माटोका भाँडामा चिस्याउने र त्यसपछि पिट्ने,तान्ने तथा थपथपाउने काम गरिन्छ। यस प्रक्रियाले चाकुलाई गाढा रङ दिन्छ। अन्त्यमा तौल गरी नरिवल राखेर प्याक गरिने चाकु तयार हुन करिब दुईदेखि तीन घण्टा समय लाग्ने उत्पादकहरू बताउँछन् ।

पर्व नजिकिँदै जाँदा पाटनका कारखानाहरूमा चाकु बनाउने काम तीव्र बनेको छ भने बजारमा यसको माग पनि बढ्दो क्रममा रहेको छ।

 

ghee-chaku-82-9-24yyy (2).jpg
ghee-chaku-82-9-24yyy (3).jpg
ghee-chaku-82-9-24yyy (4).jpg
ghee-chaku-82-9-24yyy (5).jpg
ghee-chaku-82-9-24yyy (6).jpg
ghee-chaku-82-9-24yyy (7).jpg
ghee-chaku-82-9-24yyy (8).jpg
ghee-chaku-82-9-24yyy (9).jpg
ghee-chaku-82-9-24yyy (10).jpg
ghee-chaku-82-9-24yyy (11).jpg
ghee-chaku-82-9-24yyy (12).jpg
ghee-chaku-82-9-24yyy (13).jpg
ghee-chaku-82-9-24yyy (14).jpg
ghee-chaku-82-9-24yyy (15).jpg
ghee-chaku-82-9-24yyy (16).jpg
ghee-chaku-82-9-24yyy (17).jpg
ghee-chaku-82-9-24yyy (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ