arrow

शीतलहर र चिसोका कारण विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
cold-weather-mohattari.jpg

काठमाडौँ । सुदूरपश्चिमको तराई क्षेत्रमा केही दिनदेखि जारी अत्यधिक शीतलहर र चिसोका कारण कैलालीको गौरीगङ्गा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयहरूमा एक हप्ताका लागि बिदा दिने निर्णय गरेको छ।

 बाक्लो हुस्सु र कुहिरोसँगै कठ्याङ्ग्रिने चिसो बढेपछि बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पुस २४ गतेदेखि आगामी माघ २ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको हो।

नगरपालिकाले जारी गरेको सूचनामा विद्यालयको दैनिक पठनपाठन समेत चिसोका कारण प्रभावित भएको उल्लेख छ। बाक्लो हुस्सु र शीतलहरले कैलालीसहितका तराईका जिल्लाहरूको जनजीवन यतिबेला निकै कष्टकर बनेको छ। चिसोबाट सर्वसाधारणलाई जोगाउन धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका स्थानीय तहहरूले विभिन्न स्थानमा आगो ताप्ने दाउराको समेत व्यवस्था गरेका छन्।

मौसममा आएको यो परिवर्तनले धनगढीको अधिकतम र न्यूनतम तापक्रममा उल्लेख्य गिरावट ल्याएको छ। पहाडी भेगमा घाम लागे पनि तराईका जिल्लाहरू दिनभर कुहिरोले ढाकिने गरेका छन्। चिसोको प्रत्यक्ष असर कृषि क्षेत्रमा पनि देखिएको छ; आलु र तोरी जस्ता हिउँदे बालीमा डढुवा रोग लाग्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ