-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँको एयरपोर्ट संग्रहालय अगाडि आगलागी भएको छ । सो आगलागीका कारण केही क्षण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द गरिएको थियो ।
गौशाला प्रहरी वृत्तले गैरिगाउँको एक घरमा आगलागी भएको जानकारी दिएको छ । प्रहरीले टोली पुग्ने क्रममा रहेकाले विस्तृत विवरण नआएको बताएको छ ।
अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेकोसमेत प्रहरीले जनाएको छ । त्यहाँ रहेको काठ गोदाममा आगलागी भएको हो ।
कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ ।