कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व काँग्रेसका प्रवक्ता समेत रहेका दिलेन्द्र प्रसाद बडूले संविधान कार्यान्वयन आफ्नो पार्टीको मुख्य एजेण्डा भएको बताएका छन् । बुधबार महेन्द्रनगर स्थित आफ्नै निवासमा कार्यकर्ता एवम् सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो कुरा बताएका हुन् ।
मुलुकको आर्थिक विकास, सम्बृद्धि र शान्तिका लागि समेत संविधान कार्यान्वयन अपरिहार्य भएको बताउदै नेता बडूले संविधान कार्यान्वयनको विषय सबैको साझा एजेण्डा बन्नुपर्ने बताए । निर्धारित समयमा तीनै तहको निर्वाचन गरेर मुलुकलाई राजनीतिक स्थायीत्व दिनुपर्नेमा जोडदिदै नेता बडूले संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डा नै भएको दाबी गरे। ‘मुलुकको पहिलो आवश्यकता संविधान कार्यान्वयन हो, ‘उहाँले भन्नुभयो,‘संविधानका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ ।’ संविधान कार्यान्वयन गराउनका लागि काँग्रेस एकढिक्का भएको समेत नेता बडूले बताए ।
‘काँग्रेस अहिले संविधान कार्यान्वयन गराएर मुलुकको सम्बृद्धि चाहन्छ, ‘उनले भने,‘त्यसकै सिलसिलामा काँग्रेसले पार्टी सुदृढिकरण अभियान थालेको छ ।’ संविधान कार्यान्वयन नभए मुलुक दुर्घटनातिर जाने ईङ्गित गर्दै नेता बडूले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलहरुले समयमै गम्भिर भएर सोच्नुपर्नेमा समेत जोड दिए । मुलुकको मुख्य ऐजेण्डा संविधान भएकाले संविधान कार्यान्वयन नै पहिलो आवश्कता भएकाले अन्य विषयभन्दा पनि संविधान नै कार्यान्वयन आजको चुनौतीको रुपमा रहेको उनको विश्लेषण छ ।
काँग्रेस नेतृत्वमै संविधान घोषणा भएको बताउदै नेता बडूले अझैपनि जनताले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसकै आशा भरोमा मानेको उनको विश्लेषण छ । ‘आजभोली जनतामा नयाँ उत्साह छाएको छ, ‘नेता बडूले भने, ‘काँग्रेसप्रति आम नागरिकको आशा टुटेको छैन् ।’ काँग्रेसले सबै राजनीतिक पार्टीहरुलाई सहमतीमा ल्याएर संविधान जारी गरेको मुलुकको इतिहास सर्ववितितै रहेको बताउदै नेता बडूले अझैपनि संविधान कार्यान्वयनका लागि पनि काँग्रेस अग्रसर भईरहेको बताए ।
छिमेकी मुलुकसंगको सहकार्य सम्बन्धलाई कायम राख्दै मुलुकको आर्थिक विकासमा समेत उनले जोड दिए । ‘छिमेकी मुलुकसंग हामीले सहअस्थित्व राख्नुपर्छ, ‘उनले भने, ‘आफ्नो मुलुकको सम्बृद्धिका लागि राजनीतिक अस्थिरताको अन्त्य गर्नुपर्छ ।’ नेता बडूले सरकारले स्थानीय निकायको निर्वाचन समेत समयमै गर्नुपर्नेमा जोडदिदै स्थानीय तहको निर्वाचन विकासका लागि पनि अपरिहार्य भएको बताए । काँग्रेसले पार्टी सुदृढीकरण अभियान अन्तर्गत वैतडी पठाएको र सोही क्रममा गृह जिल्ला दार्चुलाको भ्रमण गरी काठमाडौँ फर्कन लागेको उनले बताए ।