arrow

स्टार्टअपमा महिला

महिला उद्यमीलाई वित्तीय पहुँच र नीतिगत सहजताको खाँचो: मन्त्री सिन्हा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
sinha-startup.jpg

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति एवं कानुन मन्त्री अनिल कुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि ढोका खुलेसँगै संरचनात्मक चुनौतीहरू अझै बाँकी रहेको बताएका छन्। 

नीति रिसर्च प्रालि र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘स्टार्टअपमा महिला: अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री सिन्हाले महिलाहरूको सीप र आत्मविश्वासले उनीहरूलाई स्थानीय बजारबाट विश्व बजारसम्म पुर्‍याइरहेको चर्चा गरे। विशेषगरी कृषि, पर्यटन र सिर्जनात्मक उद्योगमा महिलाहरूको सक्रियता बढ्नु सकारात्मक पक्ष भएको उनको भनाइ थियो।

मन्त्री सिन्हाले महिला उद्यमीहरूले भोग्नुपरेका वित्तीय पहुँचको अभाव, सामाजिक सोच र नीतिगत जटिलतालाई गम्भीरताका साथ उठाएका छन्। उनले स्पष्ट पारे कि यी चुनौतीहरू महिलाको क्षमता कमजोरीका कारण नभई विद्यमान प्रणाली र संरचनाको कमजोरीले गर्दा उत्पन्न भएका हुन्। शारीरिक र पारिवारिक जिम्मेवारीका बाबजुद व्यवसायमा टिकिरहनु आफैँमा ठूलो सङ्घर्ष भएको उल्लेख गर्दै उनले यस्ता समस्या समाधानका लागि राज्य, निजी क्षेत्र र वित्तीय संस्थाहरूको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिए।

महिला उद्यमशीलताको प्रवर्द्धनलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री सिन्हाले सरकार नीतिगत सुधार र सहजीकरणमार्फत महिला उद्यमीलाई सशक्त बनाउन प्रतिबद्ध रहेको बताए। मोबाइल र इन्टरनेटको सही प्रयोगले महिलालाई थप अवसर दिलाएको उदाहरण दिँदै उनले आगामी दिनमा स्टार्टअपमैत्री वातावरण निर्माणका लागि सबै पक्षको साथ आवश्यक रहेको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ