arrow

रहेनन् पहिलो ओलम्पियन बक्सर नामसिंह थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
namsingh-thapa-first-olympian-nepal.jpg

काठमाडौँ । नेपालका पहिलो ओलम्पियन खेलाडीमध्ये एक बक्सर नामसिंह थापाको निधन भएको छ । नेपालकोतर्फबाट ओलम्पिकमा पहिलो पटक बक्सिङ खेलमा सहभागिता जनाएका थापाको शनिबार बिहान हङकङस्थित ‘हेभन एण्ड होप’ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिएको हो । त्यतिबेला बक्सिङमा १८ वर्षका थापासँगै नेपालका ६ खेलाडीले एथलेटिक्स र बक्सिङमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा थापासँगै ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले बक्सिङमा र गंगाबहादुर थापामगर र भुपेन्द्र सिलवालले म्याराथनमा प्रतिस्पर्धा गरेका थिए ।

थापा लामो समयदेखि क्यान्सरबाट पीडित थिए । थापाको निधन भएको नेपाल बक्सिङ सङ्घले पुष्टि गरेको छ । सङ्घले थापाको निधनप्रति श्रद्धाञ्जली पनि ब्यक्त गरेको छ ।

स्वर्गीय थापाका श्रीमती, एक छोरा र चार छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ