arrow

बालेन-कुलमान मिसिएपछि रास्वपाले चार पदाधिकारी थप्ने, सुदन गुरुङदेखि सागर ढकालसम्म कार्यालयमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
rsp-meeting-82-9-20yyy (1).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा ४ पदाधिकारी थपिने भएका छन् । पदाधिकारीमा उपसभापति – १, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ जना थप्ने निर्णय रास्वपाले गरेको हो ।

प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।

यसैगरी रास्वपाले केन्द्रीय समितिको बैठकबाट पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ । 

यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने, उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेन र ऊर्जा मन्त्री कुलमान घिसिङको पार्टी उज्यालो नेपाल रास्वपामा मिसिएपछि पार्टीको पहिलो बैठक बसेको हो । बैठक चलिरहँदा सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् । 

rsp-meeting-82-9-20yyy (19).jpeg
rsp-meeting-82-9-20yyy (20).jpeg
rsp-meeting-82-9-20yyy (1).jpeg
rsp-meeting-82-9-20yyy (2).jpeg
rsp-meeting-82-9-20yyy (3).jpeg
rsp-meeting-82-9-20yyy (4).jpeg
rsp-meeting-82-9-20yyy (5).jpeg
rsp-meeting-82-9-20yyy (6).jpeg
rsp-meeting-82-9-20yyy (7).jpeg
rsp-meeting-82-9-20yyy (8).jpeg
rsp-meeting-82-9-20yyy (9).jpeg
rsp-meeting-82-9-20yyy (10).jpeg
rsp-meeting-82-9-20yyy (11).jpeg
rsp-meeting-82-9-20yyy (12).jpeg
rsp-meeting-82-9-20yyy (13).jpeg
rsp-meeting-82-9-20yyy (14).jpeg
rsp-meeting-82-9-20yyy (15).jpeg
rsp-meeting-82-9-20yyy (16).jpeg
rsp-meeting-82-9-20yyy (17).jpeg
rsp-meeting-82-9-20yyy (18).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ