केएमसीको स्वास्थ्य टोलीले काभ्रेको भुम्लुमा गर्यो नौ सयको निःशुल्क परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
924
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ५ मा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
भुम्लु दुवार बोम्जन परिवारको आयोजनामा श्री सार्वजनिक आधारभूत विद्यालयको प्रांगणमा भएको शिविरमा ८ सय ९१ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ९४ जनाको ल्याब परीक्षण, ११५ जनाको भिडियो एक्सरे, ८७ जनाको ईसीजी गरिएको थियो ।
१४ जनाको दाँत झिकिएको थियो भने १९ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।