हेटौंडा । मकवानपुरलाई लोडसेडिङमुक्त बनाउन युवा संघ नेपाल मकवानपुरले जनदवाव स्वरूप हस्ताक्षर संकलन शुरू गरेको छ। मकवानपुर २ ठुला जलविद्युत् आयोजना सञ्चालनमा आएपछि छिमेकी जिल्लाहरु लोडसेडिङ मुक्त भइसकेको अवस्थामा मकवानपुर पनी लोडसेडिङमुक्त हुन पर्ने उनीहरुको माग छ।
यसको लागि युवा संघले हस्ताक्षर संकलन अभियान शुरू गरेको युवा संघ नेपाल मकवानपुर अध्यक्ष सन्तोष चौलागाईंले बताए । सोमवारबाट थालिएको यो अभियानमा दश हजार भन्दा बढीको हस्ताक्षर संकलन भइसकेको चौलागाईंले बताए।