arrow

दाउन्नेको दाग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
daunne-82-9-16ppp (9).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

दाउन्ने ।  शीतलहरका कारण बुटवल–नारायण सडक खण्ड दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । यात्रुहरुको सडकमै बास भएको छ । 

शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्गमा केही दिनदेखि सवारी साधनहरुको लामो जाम लागेको छ । शितलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती पाएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै विस्तारै सवारी साधनहरुको जाम कटाए पनि बाक्लो हुस्सुसहित शितलहर परेका कारण सवारी संचालनमा निकै कठिनाइ भएको छ । 

नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए । 

नारायणगढ बुटवल सडक खण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार सडक निर्माण भैरहेको स्थानमा शितलहरका कारण बाटो हिलो भएर सवारी साधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ । 

अहिले खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भैरहेको र मालबाहक सवारी साधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिराखेको सचना अधिकारी खनालले बताूए । 

आयोजनाले एक सचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।

पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् ।

यस्तै कालीगण्डकी चोक (गैँडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरु  काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

दाउन्ने खण्डमा निर्माण र मर्मतको कामसमेत चलिरहेको छ । सो क्षेत्रमा शितलहरका कारण राजमार्ग हिलाम्य हुँदा सवारी साधनहरु संचालनमा कठिनाई उत्पन्न भएको हुँदा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । 

साथै सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ ।

दाउन्नेको दाग लागेको वर्षौं भइसकेको छ । यो सडक भएर थुप्रै देश बनाउने नेता गुडे होलान् । अझ त्यसमा पनि सयौँ देशका सेवक कर्मचारी पार भए होलान् । इन्जिनियरहरु पनि उत्तिकै मात्रामा गए होलान् । 

सडककै लागि भनेर सयौँको संख्यामा कर्मचारीहरुले विदेशको सयर पनि गरेहोलान् । तर यो सडक जस्ताको त्यस्तै छ । दैनिक हजारौँ सवारी गुड्ने यो सडक खण्डलाई बेवास्ता नै गरिएको छ । 

कामै नगरेको दाग सबैलाई लाग्ने हो । दुःख सबैले पाउने हो । आखिर कहिले बन्छ त बुटवल नारायणगढ सडक खण्ड ? किन बेवास्तामा परेको हो ? 

daunne-82-9-16ppp (5).jpg
daunne-82-9-16ppp (6).jpg
daunne-82-9-16ppp (7).jpg
daunne-82-9-16ppp (8).jpg
daunne-82-9-16ppp (9).jpg
daunne-82-9-16ppp (10).jpg
daunne-82-9-16ppp (11).jpg
daunne-82-9-16ppp (12).jpg
daunne-82-9-16ppp (13).jpg
daunne-82-9-16ppp (14).jpg
daunne-82-9-16ppp (15).jpg
daunne-82-9-16ppp (16).jpg
daunne-82-9-16ppp (17).jpg
daunne-82-9-16ppp (18).jpg
daunne-82-9-16ppp (1).jpg
daunne-82-9-16ppp (2).jpg
daunne-82-9-16ppp (3).jpg
daunne-82-9-16ppp (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ