arrow

महन्थले भने- राजेन्द्र स्वतः निष्काषित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
mahantha-mahato.jpg

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्काषित भएको बताएका छन् ।  

बिहीवार पार्टीले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले पार्टीका पूर्वनेता राजेन्द्र महतोले पार्टी छोडेर गएको भन्दै उनी स्वतः निष्काषित भएको बताएका हुन् ।

उनले पार्टीमा चित्त नबुझेर महतो निस्किएको भन्दै महतोले पार्टी छोड्दा आफूहरुलाई हित नै हुने बताए । उनले महतोले मधेसको मात्रै कुरा नगरेको भन्दै यसले उनैलाई प्रभाव पार्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ