arrow

मधेसमाथिको अन्याय अझै जारी रहेको महन्थको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
mahantha-gunaso.jpg

काठमाडौँ । लोससा अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाएका छन् । 

अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नगरेको गुनासो गरे । 

उनले सबैभन्दा बढी जनसङ्ख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेस माथिको विभेदको उदाहरण रहेको बताए । मधेस देशको लगभग ५१ प्रतिशत जनसङ्ख्या ओगटेको बताए । 

अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरूको हितका लागि अझै पनि सङ्घर्षको आवश्यकता रहेको बताए । 

लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको स्मरण गराउँदै आफूहरूले शान्तिपूर्ण सङ्घर्ष गर्दा पनि गोली लठ्ठी खानुपरेको पीडा सुनाए ।

अन्तरिम संविधानमा रहेका अधिकार पनि वर्तमान संविधानबाट हटाइएपछि पटक पटक सङ्घर्ष गर्नुपरेको र सोही सङ्घर्षका कारण कयौँले सहादत प्राप्त गरेको बताए ।

संविधान संशोधन तथा आन्दोलनकारीहरूको न्यायका लागि अझै सङ्घर्ष गर्न आवश्यक रहेको उनको भनाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ