arrow

मौसम खुल्दा खेतबारी पहेँलै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
toribari-pahelpur (10)000.jpg

भरतपुर । तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही समय उत्पादन घटे पनि पछिल्ला वर्षमा पुनः उल्लेख्य वृद्धि भएको छ । उर्वर माटो, प्राङ्गारिक मलको प्रयोग, उन्नत जातका बीउ, तोरीको तेलको बढ्दो मूल्य तथा जङ्गली जनावरबाट कम क्षति हुने भएकाले किसानहरू तोरीखेतीतर्फ आकर्षित भएका छन् ।

विसं २०७६ पछि तोरीको क्षेत्रफल र उत्पादकत्व दुवै बढ्दै गएको छ । यस वर्ष चितवनमा २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ, जुन गत वर्षको तुलनामा बढी हो । धान, मकै, गहुँ र दलहनको सट्टा तोरी लगाउने प्रवृत्ति बढ्दो छ ।

चितवनको तोरी गुणस्तरीय मानिन्छ र यहाँ उत्पादन भएको तोरीको तेल देशका प्रमुख सहरहरूमा आपूर्ति हुँदै आएको छ । सरकारको प्रवर्द्धन, अनुसन्धान तथा उन्नत बीउ उपलब्ध भए थप उत्पादन वृद्धि सम्भव देखिन्छ ।
 

toribari-pahelpur (3).jpg
toribari-pahelpur (4).jpg
toribari-pahelpur (5).jpg
toribari-pahelpur (6).jpg
toribari-pahelpur (7).jpg
toribari-pahelpur (8).jpg
toribari-pahelpur (9).jpg
toribari-pahelpur (10).jpg
toribari-pahelpur (11).jpg
toribari-pahelpur (1).jpg
toribari-pahelpur (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ