केएमसीको स्वास्थ्य टोलीले ठेचोमा गर्यो साढे छ सयको निःशुल्क परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
960
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको ठेचोमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
शिविरमा ६ सय ६१ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १०७ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे, ७२ जनाको ईसीजी गरिएको थियो ।
५ जनाको दाँत खोलिएको थियो भने १४ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।