arrow

के बयान दिए तत्कालीन गृहमन्त्री लेखकले आयोग समक्ष ? [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
lekhak-aayog-.jpg

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोग समक्ष बयान दिएका छन् । सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार पुगेर उनले लिखित बयान दिएका हुन् । 

भदौ २३ र २४ गते देशभर चर्चामा रहेको जेन–जी आन्दोलनका क्रममा भएको बल प्रयोग र प्रशासनिक कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकसँग बयान लिएको हो । 

उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन सम्बन्धमा लिखित जवाफ पेस गरेका हुन् । उनले २३ गते जेन–जी आन्दोलनमा १९ जनाको ज्यान गएपछि तत्काल पदबाट राजीनामा दिएका थिए । 

उक्त आन्दोलनका क्रममा सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको र लोकतान्त्रिक मूल्य(मान्यता विपरीत दमन गरेको आरोप लागेपछि आयोगले तत्कालीन नेतृत्वलाई जवाफदेही बनाउन बयानका लागि बोलाएको हो । 

आयोगले यसअघि अन्य सुरक्षा निकायका प्रमुखहरूसँग पनि यसबारे जानकारी लिइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ