arrow

बैंक तथा वित्तीय संस्थाका कर्मचारी राजनीतिक दबाब सहेर नबस्ने चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
santosh-koirala-bankers-sang.jpg

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौँमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा उनले बैंकिङ क्षेत्र ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै राजनीति स्वार्थका लागि यो क्षेत्रमा असर पुर्याउने काम नगर्न अनुरोध गरे ।

उनले भने, ‘आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कुनै पनि प्रकारको असहजता र पछिल्लो समयमा भएका घटना हुनु भएन । हामी यसको विरोध गर्छौँ । ५० हजार नेपालीलाई नै रोजगारी दिएर बसेको बैंकिङ क्षेत्रमा राजनीतिक अवरोध नगर्न अनुरोध गर्दछु ।’

उनले राजनीतिक विषयमा कुनै चासो नभए पनि राजनीति बढाउने क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि धरपकड, धम्की आउने गरेको भन्दै यसलाई सहेर नबस्ने बताए ।

उनले भने, ‘राजनीतिसँग हाम्रो कुनै लेनदेन पनि छैन । कसले कसरी राजनीति गर्छ भन्ने कुरामा चासो पनि राख्दैनौँ । तर राजनीति बढाउने क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारी साथीमाथि कुनै पनि प्रकारका धरपकड हुन्छन्, धम्की र त्रास हुन्छ, कालोमोसो दलिन्छ भने बैंकर्सहरू पनि त्यसलाई सहेर बस्दैनन् ।’

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीले अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको भएको हुनाले पहिला सुधार आफैबाट गर्नुपर्ने बताए ।

उनले भने, ‘अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको छ । त्यो हिसाबले हेर्दा पहिला हामीले आफैबाट सुधार गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ