arrow

बयानका लागि आयोग पुगे तत्कालीन गृहमन्त्री लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
lekhak-aayog-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । 

भदौ २३ र २४ गते देशभर चर्चामा रहेको 'जेन-जी' आन्दोलनका क्रममा भएको बल प्रयोग र प्रशासनिक कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकसँग बयान लिन सुरु गरेको छ।

 सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएका लेखकसँग सो समयमा भएका घटना, सुरक्षा आदेश र परिस्थितिको विषयमा सोधपुछ भइरहेको छ।

उक्त आन्दोलनका क्रममा सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको र लोकतान्त्रिक मूल्य-मान्यता विपरीत दमन गरेको आरोप लागेपछि आयोगले तत्कालीन नेतृत्वलाई जवाफदेही बनाउन बयानका लागि बोलाएको हो। आयोगले यसअघि अन्य सुरक्षा निकायका प्रमुखहरूसँग पनि यसबारे जानकारी लिइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ