प्रहरी परिचरको रहस्यमय मृत्यु: घाँटीमा पासो लागेको अवस्थामा भेटिए बलबहादुर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
779
Shares
काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचर बलबहादुर थापा मगरको आज बिहान शङ्कास्पद मृत्यु भएको छ।
काठमाडौँको बुद्धनगरमा श्रीमतीसँगै बस्दै आएका उदयपुरका थापा आज बिहान कोठाभित्रै घाँटीमा पासो लागेको अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार श्रीमतीले उनलाई सो अवस्थामा देखेपछि तत्काल उद्धार गरी बानेश्वरस्थित एभरेष्ट अस्पताल पुर्याएकी थिइन्।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको प्रकृतिको आधारमा अनुसन्धान सुरु गरिसकेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।