सुन भन्दै पहेँलो धातु भिडाएर पाँच लाख ठग्ने गिरोह प्रहरीको फन्दामा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
807
Shares
काठमाडौँ । काठमाडौँको थली क्षेत्रमा सुनजस्तो देखिने पहेँलो धातुको डल्लो दिएर पाँच लाख ठगी गर्ने एक गिरोहलाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका सुकुमान सिंह ब्लोन, राजेन्द्र तामाङ, विवासित स्याङ्ताङ र नवलपरासीका जितबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूले नक्कली धातुलाई सक्कली सुन भएको विश्वास दिलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेका थिए। पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी ठगी सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।