यही घरमा बस्दैछ बालेनको देश विकास पार्टीको कार्यालय [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
1.2k
Shares
तस्बिर –सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । ललितपुरको ज्वागलमा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनको देश विकास पार्टीको कार्यालय बन्दैछ । केही दिनदेखि बालेनु राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिने कुरा चलिरहँदा यदि रास्वपासँग कुरा नमिले यही घरमा बालेनको देश विकास पार्टीको कार्यालय हुनेछ ।
बाहिरी संरचना बनिरहेको उक्त घरका त्रित्री कोठाहरुमा अफिस सेटअपको काम पनि थालिएको छ । केही दिनदेखि बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट छलफल गरिरहेका छन् ।