arrow

देशभर पश्चिमी वायुको प्रभाव: तराईमा दिनभर हुस्सु, पहाडी भेगमा मौसम सफा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरोको बाक्लो प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहे पनि अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहेको छ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो कोशी प्रदेशका तराई क्षेत्रमा मध्याह्नसम्म र बाँकी तराईका भू-भागमा दिनभरि नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भू-भागमा भने मौसम सामान्यतया सफा रहने देखिन्छ। आज राति पनि तराईमा कुहिरो कायम रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा नै रहने महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा लागेको हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ