arrow

भेरी–बबई डाइभर्सनको काममा ढिलाइ नगर्न गृहमन्त्रीको निर्देशन

कानूनी गाँठो फुकाउन पहल गर्ने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
bheri-ganga-aryal.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको स्थलगत अवलोकन गरेका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन वीरेन्द्रनगर आइपुगेका मन्त्री अर्यालले मङ्गलबार आयोजना स्थल पुगेर भौतिक तथा वित्तीय प्रगतिको जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले आयोजनाले भोग्नु परेका प्राविधिक, प्रशासनिक र कानूनी अड्चनहरू फुकाउन आफूले तत्काल पहलकदमी लिने विश्वास दिलाए। उनले राष्ट्रिय गौरवको यस आयोजनाको चर्चा २०६७ सालदेखि सुनिँदै आएकाले अब कुनै पनि बहानामा ढिलाइ नगरी समयमै सम्पन्न गर्न आयोजनाका अधिकारीहरूलाई निर्देशन दिए।

"यो आयोजना छिट्टै सम्पन्न भए तराई र यस क्षेत्रका नागरिकले मात्र नभई समग्र देशले सिँचाइ र जलविद्युतका माध्यमबाट आर्थिक लाभ महसुस गर्न पाउनेछन्," मन्त्री अर्यालले भने।

आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर भरत पाठकले मन्त्री अर्याललाई आयोजनाको हालसम्मको अवस्थाबारे ब्रिफिङ गरेका थिए। पाठकका अनुसार आयोजनाले हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। १२ किलोमिटर लामो सुरुङ निर्माणको काम सम्पन्न भइसकेको भए पनि अहिले इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल क्षेत्रका कामहरू बाँकी रहेकाले समग्र परियोजनाको गति केही सुस्त देखिएको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ