arrow

सुपर खुदीलाई आईपीओ निष्काशनको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
ipo-final.jpg

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्कासन गर्नेछ । यस आईपीओको बिक्री तथा निष्काशन व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले पाएको छ।

कम्पनी हाल लमजुङ जिल्लामा २६ मेगावाट क्षमताको ‘अपर खुदी’ जलविद्युत आयोजना निर्माणमा जुटिरहेको छ । सुपर खुदीका अध्यक्ष चेतन प्रधान हुन् । 

कम्पनीको सञ्चालक समितिमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान सदस्य छन् भने दलबहादुर विष्ट स्वतन्त्र सञ्चालकको रूपमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ