arrow

सभामुखका लागि आज उम्मेद्वारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
madhesh-pradesh-sabha.jpg

सर्लाही । मधेस प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।

सचिवालयका अनुसार पुस ५ गते शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेद्वारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेद्वारका नामावली शनिबार दिउँसो ३:३० बजे प्रकाशित गरिनेछ।

त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ