कास । केयूमा भीसी नियुक्ति विवाद सकिए लगत्तै थप विवाद सिर्जना भएको छ । भीसी नियुक्तिको विषयमा इगो राखेर स्कूल अफ एजुकेसनका डिन महेशनाथ पराजुलीले प्राध्यापक मनप्रसाद वाग्लेको कार्यवधि नथपी असहयोग गरेपछि विवाद सतहमा आएको हो । लगत्तै एजुकेसन विभागका ४० जना पीएचडी र एक सय ५० जना एमफील विद्यार्थीमा अन्यौलमा परेका छन् ।
“भिसी नियुक्तिकै विषयलाई इगो बनाएर डिनले म्याद थप गर्न चाहनुभएन” धुलिखेलस्थित भिसी अफिसमा रामकण्ठ मकाजुलाई स्कूल अफ एजुकेसनको समस्याबारे अवगत गराउन गएका एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भने, “क्षमता भन्दा पनि चाकडीलाई मलजल गर्ने प्रथाले केयूमा पनि समस्या बनायो ।“ उनले थपे “डिनलाई हामीले राम्रोसँग कुरा राखे पनि इगो लिने खालको स्वभाव छ । रचनात्मक आलोचना गर्ने अवस्था छैन । त्यसैले हामी सिधै भीसी समक्ष पुग्यौं । हामीले डा वाग्लेलाई जसरी पनि ल्याउन भीसीलाई आग्रह गर्यौ ।“ भीसीले समेत विद्यार्थीको स्वार्थ नै आफ्नो स्वार्थ भएको भन्दै डिनबाट चिठ्ठी प्राप्त नभएको बताएका थिए ।
भीसी नियुक्तिका बेला पराजुली र अन्य स्कूलका डिनहरु कोर ग्रुप बनाएर अनुकूल मान्छेलाई भीसी बनाउन लबिङमा थिए । “झण्डै दुई महिनाभन्दा बढी उहाँ भीसीको लबिङमा हिड्नुभयो । करिब १० जनाको पीएडी थेसिस उहाँको टेबलमा त्यसै अड्किएको अड्कियै छ । अहिले आएर अहिलेका भीसीले असहयोग गरे भनी गुनासो गर्दै हिड्नुभएको छ ।” उनले भने ।
स्कूल अफ एजुकेसन श्रोतले भन्यो, “एमफील र पीएचडीको कक्षा लिँदै आएका भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी, सुदूरपश्चिम विश्वविध्यालयका पूर्व भीसी जयराज अवस्थी समेतले पराजुलीको असहिष्णु व्यवहारका कारण आउन लगभग बन्द गरेका छन् । लवदेव सरले डिनको व्यवहारका कारण आउन छोड्नुभएको करिब वर्षदिन पुग्नै लाग्यो ।“ उहाँको व्यवहार हामीसँग मात्र रुखो होइन विद्यार्थीसँग पनि उत्तिकै रुखो र असहिष्णु छ । “विद्यार्थी त बाध्यताले चुप बस्नै पर्यो । प्राध्यापकलाई त करलागी भयो” एक उप प्राध्यापकले भने “पराजुलीले कक्षा लिँदा पनि कक्षालाई टर्चर सेन्टर जस्तै बनाउने गरेका छन् ।“
यता विश्वविद्यालयमा प्राध्यापकको चरम अभाव भएपछि विध्यार्थीले नै आफैं कक्षा चालउन सुरु गरेका छन् । पराजुलीका भित्रिया विद्यार्थीलाई एमफीलका कक्षाहरु सञ्चालनका गर्न दिइएको हो । एमफीलमा महंगो रकम तिरेर आउने विद्यार्थीलाई झारा टराइ गर्ने काम भएको छ । यसले पढाइको गुणस्तर खस्कने अवस्था आएको बताइएको छ ।
एजुकेसन विभागमा चार जना प्राध्यापकको दरबन्दी छ । पराजुलीले वाग्लेको अवधि नथपेपछि विभाग प्रोफेसरविहीन जस्तै भएको छ । पराजुलीलाई उध्द्रत गर्दै श्रोतले भन्यो “मकाजु भीसी भएर आएपछि अप्रत्यक्ष तरिकाले राजीनामा दिन दिनहुँ दबाब दिएको दिएकै छन् । मेरो आफ्नै टुंगो छैन, मैले कसरी वाग्लेको म्याद थपका लागि पत्रचार गर्ने भन्नुभएको छ ।”
उता प्रोसेसर वाग्ले भने आफू घरमा अध्यानमा व्यस्त रहेको बताए । “एक महिना घरमै बसेर अध्यान गर्ने सोच छ । एक महिनापछि भने केही नवीन काम गर्ने विचार गरेको छु ।“ उनले भने “विद्यार्थीहरुमध्ये कसैले भेटेर र कसैले फोन र इमेलमा गुनासो गर्ने गरेका छन् । मैले पनि मलाई केही छैन, केयूले बोलाए आउला भनी बचन दिएको छु ।“ यसअघि वाग्लेले भीसी नियुक्तिमा भएको राजनीतिक चलखेल र स्कूल आफ एजुकेसन भित्रैबाट असहयोग भएको भनी केयू नजाने बताउनुभएको थियो ।