arrow

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
uml-comitee-new.jpg

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दैछ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

यो बैठक विशेष गरी महाधिवेशनपछिको पार्टीको नयाँ संरचना र आगामी कार्यदिशा तय गर्न केन्द्रित हुने देखिएको छ।

बैठकले पार्टीको पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यसूची रहेको छ। तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरूले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

नवनिर्वाचित नेतृत्वले पदभार ग्रहण गरेपछिको यो पहिलो औपचारिक बैठक भएकाले यसलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। बैठकले पार्टीको आगामी सांगठनिक योजना र राजनीतिक कार्यक्रमका बारेमा पनि प्रारम्भिक खाका तयार पार्ने अपेक्षा गरिएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ