arrow

एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ : ईश्वर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
ishwor-pokharel.jpg
फाइल तस्बिर

काठमाडौँ । नेकपा(एमाले) को ११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने प्रतिक्रिया दिएका छन् ।

बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सबै मतदातालाई धन्यवाद पनि दिएका छन् । 

‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु । नेकपा (एमाले)को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् । हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसके पनि विश्वासको मत प्रदान गर्ने मतदाता प्रतिनिधिहरुलाई धन्यवाद दिंदै उनले भनेका छन्, ‘प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उम्मेद्वारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नुहुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू-जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ