कुमारी बैङ्क र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
678
Shares
काठमाडौँ। सेवा, प्रक्रिया अनि रणनीतिक साझेदारी मार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैङ्क लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेट सँग सम्झौता गरेको छ।
यस सहकार्य अन्तर्गत बैङ्क र विनरकले संयुक्त रूपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन्।
दिगो बैङ्किङ, वित्तीय समावेशीकरण अनि स्थानीय उद्यम सुदृढीकरण तथा प्रवर्द्धनमा कुमारी बैङ्कको प्रतिबद्धतालाई पुनः प्रस्ट पार्दै दिगो बैङ्किङ विभागका प्रमुख अर्पण पौडेल भन्छन् “यस सहकार्य मार्फत बैङ्क लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ।”
विगत २४ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैङ्किङ इकाईहरू तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।