arrow

एमाले महाधिवेशन अपडेट:

एमाले महाधिवेशनको यस्तो छ पछिल्लो मतपरिणाम

ओली र पोखरेलको सुरुवाती अग्रता, बादल र सुब्बा पनि अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
uml-voting-82-9-2-oli-shankar-ishwor.jpg

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ। बिहीबार बिहान ११ बजेसम्म प्राप्त नतिजा अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले भारी मतका साथ आफ्नो अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगका अनुसार दुई वटा बुथका १६ वटा चिप्सबाट ४ सय ४३ मत गणना गर्दा अध्यक्षमा ओलीले ३३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्।

महासचिव पदमा पनि ओली प्यानलकै शंकर पोखरेल अगाडि देखिएका छन्। उनले २४९ मत प्राप्त गर्दा सुरेन्द्र पाण्डेले १९४ मतका साथ उनलाई पछ्याइरहेका छन्।

उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङ ३५६ मतका साथ सबैभन्दा अगाडि छन्। उनलाई विष्णु पौडेल (३४९), बादल (३०९), गोकर्ण विष्ट (२५६) र रघुजी पन्त (२५३) ले पछ्याइरहेका छन्। त्यस्तै, विन्दा पाण्डेले १६९ मत प्राप्त गरेकी छिन्।

उपमहासचिव पदमा लेखराज भट्ट २९३ मतसहित अग्रस्थानमा छन् भने रघुवीर महासेठ २६७ र योगेश भट्टराई २६४ मतका साथ कडा प्रतिस्पर्धामा छन्। विष्णु रिमालले २२० मत प्राप्त गरेका छन्।

सचिव पदमा छविलाल विश्वकर्मा र महेश बस्नेत समान ३११ मतका साथ अग्रता लिइरहेका छन्। त्यस्तै पद्मा अर्याल (३०५), शेरधन राई (३००), खगराज अधिकारी (२७९) र हिक्मत कार्की (२७४) पनि बलियो अवस्थामा देखिएका छन्।

विद्युतीय मेसिनबाट गणना भइरहेकाले अबको केही घण्टाभित्रै सबै पदको अन्तिम नतिजा आइसक्ने निर्वाचन आयोगले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ