arrow

सभामुख चयन प्रक्रिया शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
madhesh-pradesh-sabha.jpg

जनकपुर । मधेस प्रदेश सभाको सभामुख चयन गर्नका लागि प्रक्रिया शुरू भएको छ ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् ।

उपसभामुख राउतले आगामी पुस ६ गत्ते आईतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् ।

उनले मधेस प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना पुस ५ गते प्रकाशन गर्न निर्देशनसमेत दिएकी छन् ।

गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि सभामुखको पद रिक्त रहेको थियो ।

प्रदेश सभाको बैठक पुस ४ गत्ते शुक्रबार दिउँसो ४ बसेसम्मका लागि स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ