arrow

एमाले महाधिवेशनको मतदान भृकुटीमण्डपमा [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
uml-82-12-17qqqq.jpg

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि तीव्र चहलपहल बढेको छ। नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरू हुन लागेकाले नेता तथा कार्यकर्ताहरूको उपस्थिति निकै बाक्लो देखिएको हो।

मतदान चलिरहेको छ । यसअघि प्राविधिक तथा मौसमी कारणले मङ्गलबार साँझसम्म धकेलिएको मतदान प्रक्रियालाई बुधबार बिहान ८ बजेदेखि शुरू हुने गरी सारिएको थियो। महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लामो लाइनमा लागेर विद्युतीय मतदान मेसिनमार्फत आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन् ।

देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदहरूका लागि मतदान गर्नेछन् । यस पटकको महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। दुवै नेताहरू आआफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नाराबाजी र भोट माग्ने क्रियाकलापले चुनावी माहोल निकै तातेको छ।

विद्युतीय भोटिङ मेसिनको प्रयोगले मतदान प्रक्रिया विगतको तुलनामा छिटो हुने अपेक्षा गरिए पनि उम्मेदवारहरूको सूची लामो भएकाले पूर्ण रूपमा मतदान सकिन केही समय लाग्ने अनुमान गरिएको छ।

पार्टी स्रोतका अनुसार मतदान सकिएलगत्तै विद्युतीय माध्यमबाटै मतगणना सुरु गरिनेछ र परिणाम पनि छिट्टै सार्वजनिक हुनेछ। यस महाधिवेशनले पार्टीको सङ्गठन सुदृढीकरण र भावी राजनीतिक रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ।

नेकपा एमालेले यस ११ औँ महाधिवेशनलाई आगामी निर्वाचन र पार्टीको भविष्यका लागि ुनिर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्पु का रूपमा लिएको छ। नयाँ नेतृत्वको चयनसँगै पार्टीले कुन दिशा लिन्छ भन्ने कुरालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ