arrow

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान

विद्युतीय मेसिनबाट २,२६३ प्रतिनिधिले भोट हाल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
uml-mahadhiveshan-11th-ktm.jpg

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। विविध प्राविधिक कारणले मङ्गलबार हुन नसकेको मतदान बुधबार बिहान ८ बजेबाट सुरु हुने गरी तयारी पूरा गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

नेतृत्व चयनका लागि हुन लागेको यस निर्वाचनमा देशभरबाट आएका कुल २ हजार २६३ प्रतिनिधिहरूले सहभागिता जनाउँदै छन्। मतदान प्रक्रियालाई छिटो र छरितो बनाउन एमालेले ८० वटा 'इलेक्ट्रोनिक भोटिङ मेसिन' (EVM) को व्यवस्था गरेको छ। निर्वाचनलाई मध्यनजर गर्दै यसअघि तय गरिएको भृकुटीमण्डपको हल समेत परिवर्तन गरी मतदानका लागि अनुकूल स्थान मिलाइएको पार्टीले जनाएको छ।

आज हुने यस मतदानले नेकपा एमालेको आगामी कार्यकालका लागि अध्यक्ष लगायतका शीर्ष पदाधिकारी र केन्द्रीय सदस्यहरूको चयन गर्नेछ। मतदान सम्पन्न भएलगत्तै विद्युतीय मेसिनको सहयोगमा छोटो समयमै नतिजा सार्वजनिक गर्ने एमालेको तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ