arrow

एमाले महाधिवेशन

एमालेको मतदान रातभर भृकुटीमण्डपको चिसोमा [फोटोफिचर]

प्रतिनिधिलाई सकस, क्याम्पस प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
uml-election-82-9-1ppp (3).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मतदान समयमा हुन नसक्दा धेरैकुरा प्रभावित भएको छ । भृकुटीमण्डपको केन्द्रमा महाधिवेशन चलिरहँदा भृकुटीमण्डप क्षेत्र पूरै प्रभावित भएको छ । 

त्यतिमात्र होइन पुतलीसडक पद्मोदय मोडदेखि राष्ट्रिय सभागृहसम्मको पूरै सडकमा सवारी आवतजावत ठप्प छ । त्यतिमात्र होइन त्यो स्थानमा पर्ने बाल्मिकी, आरआर, नेपाल ल र विश्वभाषा क्याम्पसको पठनपाठन नै प्रभावित भएको छ । 

महाधिवेशन प्रतिनिधिहरुको बसाई लम्बिएको छ भने आफ्नो निर्धारित तालिकालाई नै प्रभावित पारेपछि केहीले असन्तुष्टि नै व्यक्त गरेका छन् । 

मंगलबार पटक पटक समय फेरिएको छ । अनि फेरिएको समयसमेत प्रभावित हुँदा चिन्ता थपिएको छ । त्यसै त अहिले काठमाडौँमा जाडो दिनानुदिन बढ्दै गएको छ त्यसमाथि मंगलबार रातभर मतदान हुने जानकारी पाएसँगै कतिपय महाधिवेशन प्रतिनिधिको निद्रा हराम हुने भएको छ । 

पार्टीको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका संशोधन गर्दै मंगलबार बेलुकी ७ बजेदेखि मात्र मतदान शुरू हुने जनाए पनि विद्युतीय प्रविधिबाट मतदान हुने भएकाले पटक पटक फेरिएका नामहरूका कारण मतदान शुरू हुन अझै समय लाग्ने राम–लक्ष्मणले जनाएका छन् । 

आयोगका सचिव डा कुन्साङ लामाले जारी गरेको सूचना अनुसार भने मतदान प्रक्रिया ७ बजे सुरु भई राति १ बजे सकिने छ । तर त्यो सम्भव नहुने लगभग स्पष्टै छ । 

निर्वाचन आयोगका अनुसार आन्तरिक प्राविधिक तयारी पूरा नहुँदा मतदान पछि धकेलिएको हो। विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नामावली इन्ट्री गर्ने क्रममा क्रमसंख्या तलमाथि परेको र त्यसलाई सच्याउन समय लागेकाले निर्धारित समयमा मतदान शुरू गर्न नसकिएको आयोगले जनाएको छ।

अध्यक्ष पदका लागि तेस्रो पटक अध्यक्ष बन्न केपी शर्मा ओली लागिपरेका छन् । त्यस्तै उनलाई ईश्वर पोखरेलले टक्कर दिएका छन् । ईश्वरको टिमले जित्यो भने सबै पदमा परिवर्तन हुने देखिन्छ भने ओलीले जित्दा उनीजस्तै गरी अन्य पदाधिकारीका पद दोहोरिने छन् । 

uml-election-82-9-1ppp (1).jpeg
uml-election-82-9-1ppp (2).jpeg
uml-election-82-9-1ppp (3).jpeg
uml-election-82-9-1ppp (4).jpeg
uml-election-82-9-1ppp (5).jpeg
uml-election-82-9-1ppp (6).jpeg
uml-election-82-9-1ppp (7).jpeg
uml-election-82-9-1ppp (8).jpeg
uml-election-82-9-1ppp (9).jpeg
uml-election-82-9-1ppp (10).jpeg
uml-election-82-9-1ppp (11).jpeg
uml-election-82-9-1ppp (12).jpeg
uml-election-82-9-1ppp (13).jpeg
uml-election-82-9-1ppp (14).jpeg
uml-election-82-9-1ppp (15).jpeg
uml-election-82-9-1ppp (16).jpeg
uml-election-82-9-1ppp (17).jpeg
uml-election-82-9-1ppp (18).jpeg
uml-election-82-9-1ppp (19).jpeg
uml-election-82-9-1ppp (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ