arrow

रेड पाण्डा म्याराथनको उपाधि गजेन्द्र र निर्मलालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
nirmala-rai-marathon-82-9-1.jpg

काठमाडौँ । रेड पाण्डा म्याराथनको उपाधि गजेन्द्र राई र निर्मला राईले जितेका छन् । पुरुषतर्फ गजेन्द्र र  महिलातर्फ खोटाङकी निर्मलाले उपाधि जितेका हुन् । 

गजेन्द्रले निर्धारित दूरी ४ घण्टा १२ मिनेटमा, दोस्रो भएका करण रावलले ४ घण्टा १३ मिनेटमा र तेस्रो भएका कर्णवीर रोकाले ४ घण्टा १९ मिनेटमा दौड सकाए । 

त्यस्तै पहिलो भएकी निर्मलाले ५ घण्टा ४० मिनेट ३६ सेकेन्डमा दौड सकाउँदा दोस्रो भएको सुनसरीकी रोकायले ५ घण्टा ४० मिनेट ३९ सेकेन्डमा, तेस्रो भएकी कल्पना बूडाले ५ घण्टा ४० मिनेट ५७ सेकेन्ड र चौथो भएकी राज्यलक्ष्मी शाक्यले ५ घण्टा ४४ मिनेट २७ सेकेन्डमा दौड सकाइन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ