arrow

फागुन ७ को महत्व झल्काउने कसरत

logo
रासस,
प्रकाशित २०७३ फागुन १ आइतबार
democracy-day.jpeg
काठमाडौं। सरकारले प्रजातन्त्र दिवस र निर्वाचन आयोगको स्वर्ण महोत्सवको अवसर गरेर हुलाक सेवा विभागमार्फत मतदानमा लामबद्ध मतदाताहरुको तस्वीर सहितको खाम प्रकाशनमा ल्याउने भएको छ । 
 
सूचना तथा सञ्चार मन्त्रालयले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा प्रकाशनमा ल्याउन लागेको खाममा नेपालको संविधान, २०७२ अंकित हुलाक टिकटको टाँस गरी माननीय सूचना तथा सञ्चार मन्त्रीज्यूले टाँचा लगाउने कार्यक्रम समेत तय गरेको छ। 
 
सञ्चार मन्त्रालयको संयोजनमा रहेको प्रचारप्रसार उप–समितिले यही फागुन ७ गतेका दिन मनाइने ६७ औं प्रजातन्त्र दिवसलाई भव्य र व्यवस्थित बनाउने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिए। 
 
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको संयोजकत्वमा आइतबार बसेको प्रचार प्रसार उपसमितिको बैठकले दिवसलाई उच्च प्राथमिकताका साथ मनाउने निर्णय गरेको छ। 
 
प्रजातन्त्र दिवसको अवसरमा गोरखापत्र संस्थानले आफ्ना सवै प्रकाशनमा दिवसको सूचनामुलक विशेषाङ्क, प्रजातन्त्रको महत्व दर्शाउँदै विगत र वर्तमान सन्दर्भमा लेखरचना प्रकाशन गर्नेछ भने एफएम रेडियो, टेलिभिजन, सञ्चार गृह र पत्रपत्रिकाहरुले प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार, लेख, छलफल, परिसंवाद, अन्तरक्रिया आदि कार्यक्रमहरु संचालन गर्नेछन्। राष्ट्रिय समाचार समितिले प्रजातन्त्र दिवससँग सम्वन्धित सामग्रीहरु, विचार, आलेख, फोटो आदि सम्प्रेषण गर्ने जिम्मेवारी तोकिएको छ। त्यस्तै, मुद्रण विभागले प्रजातन्त्र दिवससँग सम्वन्धित सामग्रीहरु समयमानै गुणस्तरीय छपाई गरी समितिलाई उपलब्ध गराउनेछ। 
 
त्यस्तै, रेडियो नेपालबाट प्रचार प्रसारको आवश्यक व्यवस्था र समन्वय, कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, अन्तरसंवाद, अन्तरवार्ता, परिसंवाद, प्रोमो र अन्य समाचारहरुलाई उच्च प्राथमिकता दिई प्रसारण गर्ने र प्रदेश नं ४ पोखरामा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ढकालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ